प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-०७

  • A
  • A-
  • A+
Share

    कैलाली :-  फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २७ जना फरार प्रतिवादीहरुलाई निजहरुको घर ठेगानाबाट इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०६ गते पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा उपस्थित गराईएको ।     

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०७

   कैलाली :- मिति २०८२।०९।०६ गते १०:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा जंगल स्थित भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका अ. ८,५०,०००।– ( आठलाख पचास हजार ) बराबरका ४ वटा मो.सा.हरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवशयक कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रीनगर,कैलाली पठाईएको ।    यसैगरि, मिति २०८२।०९।०६ गते विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४०,९५०।- ( चालिस हजार नौ सय पचास ) बराबरको ५० बन्डल बिडी, धोती,हल्दी सेट, अण्डर ट्राउजर,चिनी,खुर्सानी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०७

    कञ्चनपुर :-  मिति २०८२।०९।०६  गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा.०६ नकैया स्थित भारत बाट नेपाल तर्फ साईकल चलाई आउदै गरेको साईकल यात्री ऐ.बेलौरी न.पा.०६ बस्ने बर्ष अ.२७ को मोहन ऐर र साईकल पछाडी सवार जिल्ला बझाङ बिरुचित्थड गा.पा.७ सुनकुण्डा बस्ने बर्ष अ.२८ को मुकुन्द जोशीलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ८७० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई  इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चपुरमाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

फरार प्रतिबादी पक्राउ
२०८२-०९-०६

   कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।१५ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु. २०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त.न.पा.१२ बस्ने बर्ष २३ को आशिष रानालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०५ गते पक्राउ गरेको ।         यसैगरी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।१२।२६ गतेको फैसलाले लागु औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त.न.पा.१० बस्ने बर्ष २२ को हरिश साउँदलाई प्रहरी चौकी जिमुवा,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०५ गते पक्राउ गरेको ।         यसैगरी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।१५ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु. २०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त.न.पा.१६ बस्ने बर्ष २० को विशाल रानालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजको घर ठेगानबाट मिति २०८२।०९।०५ गते पक्राउ गरेको ।       

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०६

   कैलाली :- मिति २०८२।०९।०५ गते ०८:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ बांग्राकटान स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,२५०।– ( बाह्ह हजार दुई सय पचास ) बराबरको सुपरपावर सुर्ती, रजनीगन्ध गुट्टका र तुल्सी सुर्ती लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      यसैगरी :- मिति २०८२।०९।०५ गते १८:५० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ३ रामुर चोक स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,४००।- ( बिस हजार चार सय ) बराबरको मम्फली र सिद्रा माछा सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      यसैगरी :- मिति २०८२।०९।०५ गते १९:०० बजेको समयमा जिल्ला कैलाली भजनी न.पा. ७ हिक्मतपुर घाट स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२९,३२०।- (उनन्तिस हजार तीन सय बिस ) बराबरको चिनि,तसला,रेन्च चाबी,कर्नी,नटकोल्ट र बिडी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर :- मिति २०८२।०९।०५ गते १०:४५ बजेको समयमा जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.३ पुर्णागिरी घाट स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १९,३२०।–(उन्नाइस हजार तिन सय बिस)मुल्य बराबरको अनार,सुन्तला,गुपट्टी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय दोधाराचाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      यसैगरी :- मिति २०८२।०९।०५ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा ९ तुम्नाडी स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १८,५००।– मुल्य बराबरको किनारा सामानहरु इलाका प्रहरी कार्यालय दोधाराचाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      यसैगरी :- मिति २०८२।०९।०५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी नगरपालीका वडा न.८ पचुई स्थीत भगवति इटा उद्योग नजिक अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४०,०००।–( चालिस हजार ) बराबरको गाडी मर्मतका सामान, ट्याक्टर ट्युव, मुविल तेल सामानहरु र ओसार-पोसारमा प्रयोग गरेको UK06 AL 9939 नम्बरको मो.सा. सहित फेला पारी अन्दाजी जम्मा मुल्य रु १,४०,०००।– बराबरको समानहरु प्रहरी चौकी पचुई कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सवारी दुर्घटनाबाट मानिस मृत्यू
२०८२-०९-०६

    दार्चुला :  मिति २०८२।०९।०५ गते २०:५५ बजेको समयमा जिल्ला दार्चुला मार्मा गा.पा. ३ भैसेवगर स्थित गोकुलेश्वर लटिनाथ भित्री सडक खण्डमा ऐ. लटिनाथ बाट ऐ. सेरी तर्फ गईरहेको चालक जिल्ला दार्चुला मार्मा गा.पा. ६ सेरी बस्ने बर्ष अं.२६ को माधव महाराले चलाएको सुप.प्र०१-००१ च २६०४ नं.को जिप एक्कासि अनियन्त्रीत भई सडक बाट अं. २००।२५० मिटर तल खसेको उक्त जिपमा सवार ऐ.ऐ. ३ भैसे बस्ने बर्ष अं.२२ को केशव राज जोशी जिपले च्यापिएको अवस्थामा रहेकोमा उद्दार गरी उपचारको लागी मार्मा आधारभुत स्वास्थ्य चौकी मार्मामा ल्याईएकोमा निजको उपचारको क्रममा मिति २०८२।०९।०६ गते ०१:०५ बजे मृत्यू भएको, जिप घटना स्थलमा नै रहेको चालक प्रहरीको नियन्त्रणमा रहेको,  सो सम्बन्धमा अनुसन्धान भईरहेको  ।