प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०९-०८

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर :-  मिति २०८२।०९।०७ गते विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,७४,५९०;- ( दुईलाख चौह्तर हजार पाच सय नब्बे ) बराबरको इलेक्ट्रोनिक,हाडवेयर र किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०८

    कञ्चनपुर :- मिति २०८२।०९।०७  गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ४ त्रिविणी चोक बस्ने वर्ष ३५ की लक्ष्मी देवी दौल्यालको इट्टाले बनेको जस्ता पाताले छाएको एक तले घरमा संचालन गरेको खुद्रा पसलमा शंका लागि चेकजाँच गर्दा निजको पसलमा लुकाई छिपाईराखेको अबस्थामा २.३ ( दुई किलो ३ सय ग्राम ) लागूऔषध चरेश जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित निज लक्ष्मी देवी दौत्याललाई लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चपुरमाबाट खटिएको सयूक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     यसैगरि :- मिति २०८२।०९।०७  गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर  भिमदत्त न.पा. १८ सदाबहार टोल स्थित ऐ.ऐ. बस्ने  मोहित भट्टको कोठामा ऐ.ऐ. बस्ने अभिसेक अवस्थीलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ४१ मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबै जनालाई  ला.औ. नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट सलाघारी,कञ्चनपुरबाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०७

    कञ्चनपुर :-  मिति २०८२।०९।०६  गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा.०६ नकैया स्थित भारत बाट नेपाल तर्फ साईकल चलाई आउदै गरेको साईकल यात्री ऐ.बेलौरी न.पा.०६ बस्ने बर्ष अ.२७ को मोहन ऐर र साईकल पछाडी सवार जिल्ला बझाङ बिरुचित्थड गा.पा.७ सुनकुण्डा बस्ने बर्ष अ.२८ को मुकुन्द जोशीलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ८७० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई  इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चपुरमाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।