फरार प्रतिबादी पक्राउ
२०८२-०९-०८
- A
- A-
- A+
कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला
अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २४ जना फरार
प्रतिवादीहरुलाई विभिन्न स्थानहरुबाट
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले
मिति २०८२।०९।०७ गते पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा उपस्थित गराईएको ।