लागुऔषध औषध सहित मानिस पक्राउ
२०८०-०१-०५
- A
- A-
- A+
डडेल्धुरा- मिति २०८०।०१।०४ गतेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरावाट खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा अमरगढी न.पा. २ स्थित कैलपाल किराना पसल संचालन गरी बस्ने बर्ष ४८ को टेक बहादुर ऐरको साथबाट ११ ग्राम लागुऔषध चरेस फेलापारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कैलाली- सोहि दिन प्रहरी चौकी गेटा कैलालीवाट खटिएको प्रहरी टिलीले जि.कैलाली गोदावरी न.पा. ५ स्थित जि.कैलाली गोदावरी न.पा. ७ बस्ने बर्ष २८ को पदम साउँदले चलाएको प्रदेश २-०३-००५ प ८२२५ न. को मो.सा. को पछाडी सवार जि.कैलाली गौरीगंगा न.पा. ५ बस्ने बर्ष ३१ को नारायण साउँदकोको शंका लागी चेकजाँच गर्दा निजको साथबाट proxyband spas नामक ट्याबलेट थान १६ वटा र ४ ग्राम ८३० मिलीग्राम लागुऔषध खैरोहिरोईन फेलापारी बरामद गरी उक्त मो.सा. सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर- यसै गरि सोही दिन ईलाका प्रहरी कार्यालय बेलउरी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर बेलौरी न.पा. ७ स्थित जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० कलकत्ता बस्ने बर्ष १९ को छिद्दु रानाले चलाएको सु.प.प्र०१-०१०प. २४७६ नम्बरको मो.सा.मा पछाडी सवार जिल्ला कञ्चनपुर बे.न.पा. ६ रिछाहा बस्ने वर्ष १८ को जयसिंह राना र ऐ.ऐ. बस्ने वर्ष १८ को जितराज राना लाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ५ ग्राम २ मिलिग्राम खैरोहेरोईन फेला पारी मोटरसाईकल समेत निजहरु लाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ।