अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०९
- A
- A-
- A+
कैलाली- मिति २०८२।०९।०८ गते जिल्ला कैलालीको विभिन्न स्थानबाट भन्सार चोरी पैठारी गरी
नेपाल भित्र्याएका अ. ५,८०,०००।– ( पाँच लाख असी हजार ) बराबरका ७ वटा मो.सा.हरु
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको
प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी
भन्सार कार्यालय पठाईएको ।
कञ्चनपुर - मिति २०८२।०९।०८ गते अं १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.१८ निम्बुखेडा
स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३३,२५०।-
बराबरको इलेक्ट्रोनिक समान र कपडा अस्थायी प्रहरी पोष्ट मझगाँउ, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।