अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०९
- A
- A-
- A+
कैलाली- जिल्ला
कैलाली धनगढी उ.म.न.पा.१० बस्ने बस्ने राम मिलन रानाको घरमा ला.औ. बिक्रि वितरण
भईरहेको छ भन्ने सुचनाको आधारमा घर तलासी गर्दा निजको श्रीमती वर्ष २० कि द्रोपती
रानाको साथबाट २ ग्राम १४० मिलिग्राम र निजको भाई वर्ष १७ को महेश रानाको साथबाट
लाई १४० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मिति
२०८२।०९।०८ गते मंगलबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र
लागु औषध व्यूरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा
लिई थप अनुसन्धान भईरहेको ।
यसैगरी,
मिति २०८२।०९।०८ गते १७:००
बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला चेकपोष्ट स्थित जिल्ला बर्दिया
राजापुर न.पा. ४ घुम्ना बस्ने बर्ष २१ को राजेश थारु र ऐ.ऐ. संघर्षनगर बस्ने बर्ष
२३ को ईन्द्र बहादुर थारु संगै हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको
साथबाट २ ग्राम ९०० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला
पारी उक्त पदार्थ सहित निजहरुलाई प्रहरी
चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०९।०८ गते १९:०० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला चेकपोष्ट
स्थित जिल्ला कैलाली लम्किचुहा न.पा.४ कौवापुर बस्ने बर्ष २६ को सुनिल मल्लले चलाएको
सु.प.प्र.०१-०१० प ८१३५ नं को मो.सा. लाई शंका लागि चेकजाँच गर्दा मो.सा. को सिट
भित्र २ ग्राम ९८० मिलिग्राम लागूऔषध खैरो
हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मो.सा. र मानिस सहित
इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।