फरार प्रतिबादी पक्राउ
२०८२-०९-०९
- A
- A-
- A+
कैलाली :- फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र
जरिवाना तोकिएका १३ जना फरार प्रतिवादीहरुलाई निजहरुको घर ठेगानाबाट जिल्ला प्रहरी
कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०८ गते पक्राउ
गरी सम्मानित कैलाली जिल्ला अदालतमा उपस्थित गराईएको ।
कञ्चनपुर :- फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र
जरिवाना तोकिएका ४ जना फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०८ गते पक्राउ गरेको ।