अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।०९ गते २०:३० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ८ बटनपुर स्थित सडक
खण्डमा जिल्ला कैलाली बर्दगोरिया गा.पा. ५ स्याउलीनगर बस्ने वर्ष २८ को दिनेश शाही र ऐ.ऐ. बस्ने वर्ष १८ को गोपाल
सुनारलाई शंका लागि चेकजाँच गर्दा दिनेश शाहीले बोकेको झोला भित्र १ ग्राम ७९० मिलिग्राम लागूऔषध खैरो हिरोईन
जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबैजनालाई प्रहरी चौकी सत्ति,कैलालीबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०९।०९ गते १९:३० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला चेक पोष्ट
स्थित जिल्ला कैलाली लम्किचुहा न.पा. ०४ भल्का बस्ने बर्ष २२ रमेश नेपालीलाई शंका
लागी चेकजाँच गर्दा निजले लगाएको कालो ज्याकेटको बायाँ खल्तिमा १ ग्राम १०
मिलिग्राम लागू औषध (खैरो हेरोईन) जस्तो
देखिने धुलो पदार्थ फेला पारी निजलाई इलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।