प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-१०

  • A
  • A-
  • A+
Share

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २२ जना फरार प्रतिवादीहरुलाई निजहरुको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०९ गते पक्राउ गरेको छ ।

   कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०२।२५ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.१ पहरीया बस्ने बर्ष २३ को दिपेन्द्र डगौरालाई निजको घर ठेनानाबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०९ गते पक्राउ गरेको छ ।     

     अछाम :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।०३।२६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद, रु.२,०००।– जरिवाना तोकिएका जिल्ला अछाम चौरपाटी गा.पा.५ बस्ने तेज बहादुर रावल र मिति २०८२।०३।१७ गते फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद, रु. २०,०००।– जरिवाना तोकिएका जि. अछाम साँफेबगर न.पा. ५ नवठाना बस्ने रेमन्त बहादुर ठकुल्ला फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०९ गते पक्राउ गरी जिल्ला अदालत अछाममा उपस्थित गराईएको ।     

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१०

     कैलाली:- मिति २०८२।०९।०९  गते २०:३० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ८ बटनपुर स्थित सडक खण्डमा जिल्ला कैलाली बर्दगोरिया गा.पा. ५ स्याउलीनगर बस्ने वर्ष २८  को दिनेश शाही र ऐ.ऐ. बस्ने वर्ष १८ को गोपाल सुनारलाई शंका लागि चेकजाँच गर्दा दिनेश शाहीले बोकेको झोला भित्र  १ ग्राम ७९० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबैजनालाई प्रहरी चौकी सत्ति,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     यसैगरी, मिति २०८२।०९।०९  गते १९:३० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला चेक पोष्ट स्थित जिल्ला कैलाली लम्किचुहा न.पा. ०४ भल्का बस्ने बर्ष २२ रमेश नेपालीलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको कालो ज्याकेटको बायाँ खल्तिमा १ ग्राम १० मिलिग्राम  लागू औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई इलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०९

   कैलाली- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० बस्ने बस्ने राम मिलन रानाको घरमा ला.औ. बिक्रि वितरण भईरहेको छ भन्ने सुचनाको आधारमा घर तलासी गर्दा निजको श्रीमती वर्ष २० कि द्रोपती रानाको साथबाट २ ग्राम १४० मिलिग्राम र निजको भाई वर्ष १७ को महेश रानाको साथबाट लाई १४० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मिति २०८२।०९।०८ गते मंगलबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागु औषध व्यूरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।    यसैगरी,  मिति २०८२।०९।०८  गते १७:०० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला चेकपोष्ट स्थित जिल्ला बर्दिया राजापुर न.पा. ४ घुम्ना बस्ने बर्ष २१ को राजेश थारु र ऐ.ऐ. संघर्षनगर बस्ने बर्ष २३ को ईन्द्र बहादुर थारु संगै हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ९०० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई  प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   यसैगरी, मिति २०८२।०९।०८  गते १९:०० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला चेकपोष्ट स्थित जिल्ला कैलाली लम्किचुहा न.पा.४ कौवापुर बस्ने बर्ष २६ को सुनिल मल्लले चलाएको सु.प.प्र.०१-०१० प ८१३५ नं को मो.सा. लाई शंका लागि चेकजाँच गर्दा मो.सा. को सिट भित्र  २ ग्राम ९८० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मो.सा. र मानिस सहित इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०९

   कैलाली- मिति २०८२।०९।०८ गते जिल्ला कैलालीको विभिन्न स्थानबाट भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका अ. ५,८०,०००।– ( पाँच लाख असी हजार ) बराबरका ७ वटा मो.सा.हरु जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाईएको ।     कञ्चनपुर - मिति २०८२।०९।०८ गते अं १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.१८ निम्बुखेडा स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३३,२५०।- बराबरको इलेक्ट्रोनिक समान र कपडा अस्थायी प्रहरी पोष्ट मझगाँउ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।