भन्सार छलीका समान बरामद
२०८०-०१-०५
- A
- A-
- A+
कैलाली- मिति २०८०/०१/०४ गते सु.प.प्र.प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह र प्रहरी चौकी जनकपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले जि.कैलाली भजनी न.पा. ८ स्थित अन्दाजी रु. २४,९५०।- बराबरका चिनी, पलास्टिक, ललीपप, चुरन, बेसनको पिठो, नमकीन, पलास्टीकको डोरी, भाडा धुने जाली, मैदा, पलास्टीकको प्लेट, स्प्राईट र कोकाकोला बेवारीसे अवस्थामा फेला पारी बरामद सत्ति भन्सार कार्यालय कैलालीमा बुझाईएको हो
सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उप-महानगरपालिका ३ बडरा स्थित भारतबाट भन्सार छलि ल्याएको अन्दाजी रु. ४०,०००।- बराबरको चिनि, खजाना, साईकलको ट्युब र चक्लेट बेबारीसे अवस्थामा फेला पारी बरामद गरी प्रहरीले कैलाली भन्सार कार्यालयमा बुझाईएको हो ।
यसै गरि मिति २००८०/०१/०५ गते ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले जि.कैलाली कैलारी गा.पा. ३ स्थित भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी ६० के.जि. बोईलर कुखुरा वेवारिसे अवस्थामा फेला पारी बरामद गरी कैलाली भन्सार कार्यालयमा बुझाईएको ।