अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-११
- A
- A-
- A+
कैलाली
:-
मिति २०८२।०९।१० गते विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु. १,६५,३००।– ( एक लाख पैसट्टी हजार तिन सय ) बराबरको बोईलर
कुखुरा, सिद्रा माछा, विभिन्न किसिमका मिठाई र खुद्रा समानहरु जिल्ला प्रहरी
कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर :- मिति
२०८२।०९।१० गते बिहान १०:३० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १६ मझगाँउ
स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.
१,६५,०००।-(एक लाख पैंसट्टी हजार) बराबरको
६ वटा बोका ( बाख्रा ) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले
बेबारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय कञ्चनपुर बुझाईएको ।