अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-११
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०९।१० गते १७:०० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला पोष्ट नजिकै
जिल्ला कैलाली टीकापुर न.पा. ०१ बनगाँउ बस्ने बर्ष ३३ को संजिव कुमार चौधरीलाई शंका
लागि चेकजाँच गर्दा निजको साथबाट ५७० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने
धुलो पदार्थ फेला पारी निजलाई इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको
प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति
२०८२।०९।१० गते १७:४० बजेको समयमा जिल्ला कैलाली घोडाघोडी न.पा. २ टनकपुर बस्ने बर्ष
३७ को किसिमलाल चौधरीलाको घरमा खान तलासी गर्दा ११ ग्राम २६० मिलिग्राम लागूऔषध
खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामत गरी निजलाई इलाका प्रहरी कार्यालय सुख्खड र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय
धनगढीबाट खटिएको सयूक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।