फरार प्रतिबादी पक्राउ
२०८२-०९-११
- A
- A-
- A+
कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला
अदालत कैलालीको फैसलाले चोरी अन्य मुद्दामा २ महिना ३ दिन कैद र चोरी अन्य
मुद्दामा १६ दिन कैद र ११,५०० जरिवाना तोकिएका फरार प्रतिवादी जिल्ला कैलाली धनगढी
उप-महानगरपालिका ५ बस्ने बर्ष २८ को हृदय शाहीलाई ऐ.ऐ. वडा नं ४ बसपार्कबाट जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१० गते पक्राउ गरेको
छ ।