छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यू
२०८२-०९-१२
- A
- A-
- A+
कैलाली :- मिति २०८२।०९।११ गते अ.०७:३०
बजेको समयमा जिल्ला कैलाली लम्कीचुहा न.पा.३ बल्चौर कैलाशधाम तिर्थस्थल नजिक पुर्वपश्चिम राजमार्गमा पुर्वबाट
पश्चिमतर्फ आउदै गरेको चालक जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न.०१ लम्की
बस्ने वर्ष अन्दाजी २५/२६ को अनिष भण्डारीले चलाएको से ४ प ६७६० नम्बरको मोटरसाईकल
अचानक अनियन्त्रित भई सडकको दाहिने तर्फको किनारमा रहेको पिल्लरमा ठोक्किएर
दुर्घटना हुँदा मोटरसाईकल चालक शक्त घाईते भएको र सोही मोटरसाईकल पछाडी सवार ऐ.ऐ.बस्ने
वर्ष १५ को तुफान भण्डारी सामान्य घाइते भएकोमा
मोटरसाईकल चालक अनिष भण्डारीको उपचारको क्रममा टिकापुर अस्पतालमा मृत्यू
भएको,घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
कैलाली :- मिति २०८२।०९।११ गते अ.२०:३०
बजेको समयमा जिल्ला कैलाली बर्दगोरिया गा.पा.१ र ४ को सिमानामा रहेको काँडा पुलमा
पुर्वबाट पश्चिमतर्फ गइरहेको चालक जिल्ला कैलाली घोडाघोडी न.पा.११ बस्ने बर्ष अ.२४
को बिशाल कठरियाले चलाएको से ७ प ८१६५ नम्बरको मो.सा. आफै अनियन्त्रीत भई पुलको किनारमा
ठोक्किदा मो.सा चालक र सोही मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष अ.२३।२४ की रिता
कठरिया दुबै जना घाईते भएकोमा मोटरसाईकल चालक विशाल कठरियाको नवजिवन अस्पतालमा
उपचारको क्रममा मृत्यू भएको,घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर :- मिति २०८२।०९।११ गते अ.१९:४५
बजेको समयमा जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.५ बनसमिति स्थित पुर्ब पश्चिम
राजमार्गमा महेन्द्रनगरबाट झलारीतर्फ आउँदै गरेको चालक ऐ.ऐ.लालझाडि गा.पा.३ बस्ने
बर्ष अ.२६ को बिरेन्द्र रानाले चलाएको म १ त ९३१ नम्बर को ट्याक्टरसंग बिपरित दिशाबाट
आउँदै गरेको सु.प.प्र.०२-००४ प २६८८ नम्बरको मो.सा.ठोकिदा मोटरसाईकल चालक जिल्ला कञ्चनपुर
शुक्लाफाटा न.पा.५ खजुवा बस्ने अं वर्ष ४५ को गुड्डु बि.क. र सोही मो.सा.पछाडि
सवार ऐ.ऐ बस्ने अं वर्ष ४० को बिरराम पोख्रेल दुबै जना घाईते भई महाकाली प्रादेशिक
अस्पताल महेन्द्रनगरमा उपचार भईरहेकोमा मोटरसाईकल चालक गुड्डु बि.क.को अस्पतालमा उपचारको क्रममा मृत्यू भएको,टेयाक्टर
र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको, घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको
।
डडेल्धुरा :- मिति २०८२।०९।११ गते अ.२०:५०
बजेको समयमा जिल्ला डडेल्धुरा आलिताल गा.पा.४ जालिटुडा स्थित बुडर जोगबुढा सडक
खण्डमा जोगबुढाबाट बुडरतर्फ जाँदै गरेको चालक जिल्ला डोटी जोरायल गा.पा. वडा नं. २
बस्ने बर्ष अ.२४ को लक्ष्मण चौधरीले चलाएको म १ च ४४१ नं. को जिप र बिपरित
दिशातर्फ आउँदै गरेको चालक जिल्ला डडेल्धुरा परशुराम न.पा.१० जजोला बस्ने बर्ष अ.
२३ को गोपाल मगरले चलाएको भि.न.पा. ००१ ह ४०८ नं. को अटो एक आपसमा ठोकिदा अटोमा
सवार जिल्ला डडेल्धुरा परशुराम न.पा.१० जजोला बस्ने बर्ष अ. २६ को राम बहादुर बराल
मगर र जिल्ला अछाम पञ्चदेवल न.पा.३ बस्ने बर्ष अ. २१ की सबिता थापा मगर दुबै जना
घाईते भई जोगबुडा अस्पताल जोगबुडामा उपचार भईरहेकोमा राम बहादुर बराल मगरको
अस्पतालमा उपचारको क्रममा मृत्यू भएको, जिप चालक प्रहरीको नियन्त्रणमा, अटो चालक
परार रहेको, घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।