फरार प्रतिबादी पक्राउ
२०८२-०९-१२
- A
- A-
- A+
कैलाली
:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला
अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका ९ जना फरार
प्रतिवादीहरुलाई निजहरुको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत
कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।११ गते पक्राउ गरी सम्मानित कैलाली
जिल्ला अदालतमा उपस्थित गराईएको ।
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला
अदालत कञ्चनपुरको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २ जना फरार
प्रतिवादीहरुलाई निजहरुको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको
प्रहरी टोलीले मिति २०८२।०९।११ गते पक्राउ गरी सम्मानित जिल्ला अदालत कञ्चनपुरमा
उपस्थित गराईएको ।
अछाम
:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला
अदालत अछामको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २ जना फरार
प्रतिवादीहरुलाई विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी
टोलीले मिति २०८२।०९।११ गते पक्राउ गरी सम्मानित जिल्ला अदालत अछाममा उपस्थित
गराईएको ।