अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१३
- A
- A-
- A+
कञ्चनपुर :- मिति
२०८२।०९।१२ गते अं ०८:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाडा स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु. ५६,००।– ( छपन्न हजार ) बराबरको चिनि र प्लाष्टिक पोलिथिन प्रहरी चौकी
टेडुवा,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।
कैलाली :- मिति
२०८२।०९।१२ गते अं १८:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ सिसा पोष्ट
नजिक अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २८,९००।– (
अठ्ठाईस हजार नौ सय ) बराबरको बिद्युतका सामाग्रीहरू जिल्ला प्रहरी कार्यालय
कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।