प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा महिलाको मृत्यू

२०८२-०९-१३

  • A
  • A-
  • A+
Share

    कैलाली :- मिति २०८२।०९।१२ गते अ.०६:४५ बजेको समयमा जिल्ला कैलाली गौरीगंगा न.पा. २ झिल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको चालक जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा. १ बस्ने बर्ष अ. ३६ को भोजराज भट्टले चलाएको सु.प.प्र. ०२-००१ ख १३७३ नं. को महाकाली यातायातको बसले पैदल यात्री जिल्ला कैलाली जानकी गाँ.पा. २ बस्ने बर्ष अ. ८२ की तारा देवी पाठकलाई ठक्कर दिँदा घाईते भई उपचारको क्रममा नवजिवन अस्पताल धनगढीमा मृत्यू भएको,घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।