फरार प्रतिबादी पक्राउ
२०८२-०९-१३
- A
- A-
- A+
कैलाली
:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला
अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २ (दुई) जना
फरार प्रतिवादीहरुलाई निजहरुको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट
खटिएको प्रहरी टोलीले मिति २०८२।०९।११ गते पक्राउ गरेको ।
डडेल्धुरा :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला
अदालत डडेल्धुराको फैसलाले लागु औषध मुद्दामा ८ दिन कैद, रु.१०,०००।– र अन्य रु.
४००।- जरिवाना तोकिएका फरार प्रतिवादी जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ मिलन चोक बस्ने वर्ष २२
को आयुष सिजापतीलाई जिल्ला डडेल्धुरा अमरगढी न.पा.५ बागबजारबाट जिल्ला प्रहरी
कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१२ गते पक्राउ गरेको छ ।