फरार प्रतिवादी पक्राउ
२०८२-०९-१४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले वहु बिवाह मुद्दामा १ बर्ष कैद
सजाय र रु.१०,०००।– (दश हजार) जरिवाना
तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.८ बस्ने बर्ष ३३ को लाल
बहादुर टमटालाई ऐ. धनगढी उ.म.न.पा.२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय
कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१३ गते
पक्राउ गरेको ।
दार्चुला:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०७३।०२।३० गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न
प्रतिवादीहरुलाई मिति २०८२।०९।१३ गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको
प्रहरी टोलीले पक्राउ गरेको ।
१. हाडनाता
करणी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला दार्चुला, नौगाड गा.पा.३ बस्ने वर्ष २६ को देबेन्द्र ठगुन्ना ।
२. हाडनाता
करणी मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला दार्चुला, नौगाड गा.पा.३ बस्ने वर्ष ३० की मौना ठगुन्ना ।