अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१५
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०९।१४ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३
बडराबाट ऐ.१३ बस्ने बर्ष २८ को मनोज राना र ऐ. बस्ने १८ वर्षिय किशोरलाई शंका लागि
चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ७३०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो
देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको से ५ प ३५६
नम्बरको मोटरसाइकल सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप
अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०९।१४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.८ सत्तीपुल स्थित सु.प.प्र. ०२-००४ प १९८८ नम्बरको
मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला बर्दिया, गेरुवा
गा.पा.५ बस्ने बर्ष ३६ को दिवाकर रैसालको साथबाट १ ग्राम ९० मिलिग्राम लागूऔषध
खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित
निजलाई प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी
टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको
।