फरार प्रतिबादी पक्राउ
२०८२-०९-१५
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।१४
गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१.
लागूऔषध मुद्दामा ९ महिना कैद सजाय र रु.१०,०००।-
जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ५ बस्ने बर्ष
२६ को बिराट रावल ।
२.
सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र रु.४,०००।-
जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.१०
पहलमानपुर बस्ने दिपक प्रसाद चौधरी ।
३.
सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र रु.४,०००।-
जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३
चिसापानी बस्ने बिजय आचार्य ।
४.
सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, भजनी
न.पा.१ कुडी बस्ने पंचराम डगौरा ।
५.
सवारी
ज्यान मुद्दामा १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा
न.पा.३ चिसापानी बस्ने नमराज चापागाई ।
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।२२ गतेको
फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ५ बर्ष ११ महिना २८ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.४ बस्ने बर्ष २४ को दिपक बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१४ गते पक्राउ गरेको ।