प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-१५

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।१४ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१.    लागूऔषध मुद्दामा ९ महिना कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ५ बस्ने बर्ष २६ को बिराट रावल ।

२.    सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.१० पहलमानपुर बस्ने दिपक प्रसाद चौधरी ।

३.     सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने बिजय आचार्य ।

४.     सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, भजनी न.पा.१ कुडी बस्ने पंचराम डगौरा ।

५.     सवारी ज्यान मुद्दामा १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने नमराज चापागाई ।

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।२२ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ५ बर्ष ११ महिना २८ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुरशुक्लाफाँटा न.पा.४ बस्ने बर्ष २४ को दिपक बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१४  गते पक्राउ गरेको ।    

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।