अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।१५ गते १६:०० बजेको समयमा
जिल्ला कैलाली, धनगढी उ.म.न.पा ७ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.३६,७५०।–बराबरको चिनी, बिडी, सावुन, सरप, दाल लगायतका सामानहरु वडा प्रहरी कार्यालय
धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०९।१५ गते १५:०० बजेको समयमा
जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ सब्जिमन्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.३९,२२०।–बराबरको तरकारी, मिठाई लगायतका सामानहरु वडा प्रहरी कार्यालय
महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले
बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।