अबैध काठ बरामद
२०८२-०९-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।१५
गते १३:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.५ सिम्रेनी स्थित भित्रि सडक खण्डमा नम्बर पिलेट
स्पष्ट नदेखिने SONALIKA,DL-745 III कम्पनिको ट्याक्टरको
ट्रालीमा लोड गरी राखेको सिमल जातको काठको गोलिया थान-१३ (८७.५४ क्यूफिट) र भिल्लर
जातको काठको गोलिया थान-४ (१७.९४ क्यू फिट) गरी जम्मा अन्दाजी रु.३१,६४४।– (एकतिस हजार छ सय चवालिस) बराबरको काठ इलाका
प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले
फेला पारी नियन्त्रणमा लिई उक्त ट्राली, काठ आवश्यक
कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर, कैलालीमा
बुझाएको ।