प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलिका सामान वरामद

२०८०-०१-०७

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८०।०१।०६ गते प्रहरी चौकी त्रिनगर कैलाली र प्रहरी चौकी कैलालीगाउ वाट खटिएको प्रहरी टोलीले भारतवाट भन्सार छलि गरि ल्याएको अन्दाजी रु. ४५,०००।- वरावरको ट्रक र बसको ट्युब, जिपको ट्युब, वालछुच्चि, चिनी, लेडिज सुट र गन्जी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ३ र १३ मा वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा वुझाईएको । 

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।