अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।१७ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ तनुजा फम नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,४००।–बराबरको चिनी, बिडी, मेहेन्दी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्बिपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०९।१७ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १७ बडुवालचोक बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०००।–बराबरको टाउजर, मोजा लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।