अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।१७ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने बर्ष २० को उमेश राना र ऐ.१५ बस्ने बर्ष २२ को राधेश्याम चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ८१०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित, निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०९।१७ गते १५:४० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.२ मोतिपुर बजारबाट ऐ.३ चिसापानी बस्ने बर्ष २३ को सुदिप खडकालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १९०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित, निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।