अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१९
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०९।१८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ सुकासाल र ऐ.१० गज्जर काठे पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६२,२८९।– बराबरको चिनी, मिश्री, खाने तेल, बिडी, गुलाव जामन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- मिति २०८२।०९।१८ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.६ भर्तापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२९,९००।–बराबरको माला, लेबन्टु लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।