फरार प्रतिबादी पक्राउ
२०८२-०९-१९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको फैसलाले बैकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र रु.५०,०००।–जरिवाना तोकिएको जिल्ला डोटी, सायल गा.पा.०५ बस्ने बर्ष ३३ को पदम बहादुर रोकायालाई जिल्ला प्रहरी कार्यालय डोटीको समन्वयमा जिल्ला प्रहरी कार्यालय डोटी र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१८ गते जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरिया बजारबाट पक्राउ गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।११।११ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ८ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बनरा बस्ने २३ को कमल सुनारलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१८ ऐ. बाणीबाट पक्राउ गरेको ।