प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०९-२०

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८२।०९।१९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासी, ऐ.४ बसपार्क, ऐ.१० जिमुवा र ऐ.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,६५,१९८।– बराबरको बिभिन्न किसिमका कपडा, सुर्ति, बिडी, गुट्खा, मिक्चर, रोल लाईट, प्लाष्टिक माला, २ वटा घोडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१९

      कञ्चनपुर:- मिति २०८२।०९।१८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ सुकासाल र ऐ.१० गज्जर काठे पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६२,२८९।– बराबरको चिनी, मिश्री, खाने तेल, बिडी, गुलाव जामन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कैलाली:- मिति २०८२।०९।१८ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.६ भर्तापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२९,९००।–बराबरको माला, लेबन्टु लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

फरार प्रतिबादी पक्राउ
२०८२-०९-१९

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको फैसलाले बैकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र रु.५०,०००।–जरिवाना तोकिएको जिल्ला डोटी, सायल गा.पा.०५ बस्ने बर्ष ३३ को पदम बहादुर रोकायालाई  जिल्ला प्रहरी कार्यालय डोटीको समन्वयमा जिल्ला प्रहरी कार्यालय डोटी र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१८  गते जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरिया बजारबाट पक्राउ गरेको ।             कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।११।११   गतेको फैसलाले चोरी मुद्दामा २ महिना ८ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर  न.पा.२ बनरा बस्ने २३ को कमल सुनारलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१८ ऐ. बाणीबाट पक्राउ गरेको ।          

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१९

     कैलाली:-  मिति २०८२।०९।१८ गते १९:३५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बाट ऐ.४ बस्ने बर्ष २२ को बिज्ञान बस्नेतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १४०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     दार्चुला:- मिति २०८२।०९।१८ गते १८:५० बजेको समयमा जिल्ला दार्चुला, मालिकार्जुन गा.पा.७ सेल्प्या स्थित माहाकालि करिडोरमा ऐ. डिङ्सीबाट उकु तर्फ जादै गरेको  से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक  ऐ. डिङ्सी बस्ने बर्ष ३० को महेन्द्र सिह धामी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २८ को मधुकर उपाध्यायको साथबाट ९१७ (नौ सय सत्र ) ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र भारतिय रुपैँया रु.१०,०००।– र नेपाली रु.१,३५०।- नगद समेत फेला पारी उक्त पदार्थ, नगद र मोटरसाइकल सहित निजहरु दुवै जनालाई प्रहरी चौकी जोलजीबी, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१८

     कैलाली:- मिति २०८२।०९।१७ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ तनुजा फम नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,४००।–बराबरको चिनी, बिडी, मेहेन्दी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्बिपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।०९।१७ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १७ बडुवालचोक बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०००।–बराबरको टाउजर, मोजा लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

फरार प्रतिबादी पक्राउ
२०८२-०९-१८

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।१७ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, जानकी गा.पा.५ बस्ने प्रदिप चौधरी ।  २. लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ बस्ने ईश्वर न्यौपाने । ३. हातहतियार खरखजना मुद्दामा २२ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.६ बस्ने नारायण थारू ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।१७  गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालय हरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. जवरजस्ति करणी मुद्दामा २ महिना १ दिन कैद सजाय र रु. ३,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष ५१ को राम दत्त राना । २. जवरजस्ति करणी उद्योग मुद्दामा ३ बर्ष ६ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.५ कुरिया बस्ने बर्ष २९ को रंजित वि.क. । ३. जारी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. १५००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.६ कस्रौल बस्ने बर्ष ४५ को खडक सिहं सेठी । ४. लागूऔषध मुद्दामा ११ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ भगतपुर बस्ने बर्ष २० को दिपक सिह महरा ।     बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८२।०३।२६ गतेको फैसलाले वाल विवाह सम्बन्धी मुद्दामा ७ दिन कैद सजाय र रु.१०,०००।–जरिवाना तोकिएको जिल्ला बाजुरा, वडिमालिका न.पा.६ कोर्ध बस्ने बर्ष ३४ को हर्क बहादुर बडुवाललाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१७  गते ऐ. ९ मार्तडी बजारमा पक्राउ गरेको ।