अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।२१ गते ०८:५० बजेको
समयमा जिल्ला कैलाली, जानकी गा.पा.४ मनुवारोडबाट अबैंध रुपमा
भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,६८,०००।–बराबरको बिभिन्न किसिमका मोबाईलका डिस्प्लेहरु
इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी
गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०९।२१ गते ११:०५
बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.७ कञ्चभोज
बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१९,५००।–बराबरको गुड, नमकिन, KID JOY, CHUPA CHUP लगायतका सामानहरु इलाका प्रहरी
कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती
टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।