प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-२२

  • A
  • A-
  • A+
Share

   कैलाली:- लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय १० मिलिग्राम सहित रूपन्देही मायादेवी गाउँपालिका-३ बस्ने २३ वर्षीय बिनय मिश्रलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको, थप अनुसन्धान भईरहेको 

   यसैगरी,  मिति २०८२।०९।२१ गते १४:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, भजनी न.पा.३ कुसमघाटबाट ऐ.टिकापुर न.पा.२ नयाँबस्ती बस्ने बर्ष २४ को निखिल शाह र ऐ. लम्किचुहा न.पा.३ चिसापानी बस्ने बर्ष २४ को श्याम बमलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १२०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको 

    यसैगरी,  मिति २०८२।०९।२१ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ पशुपती टोलबाट ऐ. गौरीगंगा न.पा.४ राजिपुर बस्ने बर्ष २२ को बिबेक बराल र जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष १९ को नबिन सुनारलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १८०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको 

 

    यसैगरी,  मिति २०८२।०९।२१ गते १९:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० सिमलघाटबाट ऐ. १३ बस्ने बर्ष २५ को राज कुमार रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको 

    यसैगरी,  मिति २०८२।०९।२१ गते २०:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चौराहबाट सोही ठाउँ बस्ने बर्ष २७ को किसनलाल गुप्तालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।