प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-२३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०९।२२ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ लालबोझी स्थित हुलाकी सडक-खण्ड नजिक से १ प ९६९४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ. लम्किचुहा न.पा.६ बागमारा बस्ने बर्ष २५ को मदन बि.क. र सोही ठाउँ बस्ने बर्ष २४ को हेमन्त परीयारको साथबाट ९५०  मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवैलाई प्रहरी चौकी पृथ्बीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                     

   यसैगरी,  मिति २०८२।०९।२२ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहाबाट ऐ.३ बस्ने बर्ष ३४ को दिपक चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ७१० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  

    कञ्चनपुर:-  मिति २०८२।०९।२२ गते १६:०० बजेको समयमा लागूऔषधको कारोबार भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.२ चवन्नी खल्ला आउट अफ जोन रिसोर्ट नजिकबाट ऐ. खल्ला गाँउ बस्ने १८ वर्षिय किशोरलाई चेकजाँच गर्दा निजको साथबाट २१ ग्राम १३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कन्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

    यसैगरी,  मिति २०८२।०९।२२ गते १९:३० बजेको समयमा लागूऔषधको कारोबार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ९ सुन्दरपुर स्थित बर्ष ३५ को छङ्गा रानाले संचालन गरेको किराना पसल, निज र सोही ठाउँ बस्ने बर्ष २४ को सनेश रानालाई संकास्पद वसिरहेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट ०.४१ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

     बैतडी:-  मिति २०८२।०९।२२ गते ०९:५५ बजेको समयमा लागूऔषध ओसारपसार भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला बैतडी, पाटन न.पा.६ पाटन बजार स्थित रहेको SKNS निर्माण सेवा प्रा.ली.बाट सोही ठाउँ बस्ने बर्ष २१ को हेमन्त बिष्ट  समेत ५ जनालाई चेकजाँच गर्दा निजहरुको साथबाट २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु पाँचै जनालाई इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।