अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-२४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०९।२३ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०४,७१०।–बराबरको बिभिन्न किसिमका कपडा, हाडवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गडड्चौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कैलाली:- मिति २०८२।०९।२३ गते १८:२० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.३ शंकरपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०००।–बराबरको बिडी इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।