अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।२३ गते १२:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहराबाट सोही ठाउँ बस्ने बर्ष १९ को सुरज चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०९।२३ गते १९:३० बजेको समयमा लागूऔषधको कारोबार भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.१ रतनपुर स्थित सोही ठाउँ बस्ने बर्ष २२ को गोबिन्द जोशीलाई घर नजिकै लागूऔषध सेवन गरिरहेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०९।२२ गते २१:३० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० दोदा पोष्ट स्थित बेलौरीबाट धनगढी तर्फ जादै गरेको म १ प २७५१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ उत्तरबेहडी बस्ने बर्ष २१ को बिकाश नेपाली र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० को रबिन शर्माको साथबाट ७ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवैलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।