जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०९-२५
- A
- A-
- A+
कैलाली:- ११ वर्षीया किशोरीलाई मिति २०८२।०९।२२ गते साँझ जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला कैलाली, भजनी न.पा.८ जनकपुर बस्ने बर्ष ६५ को राम शंकर चौधरीले पैसाको लोभ लालच देखाई बिभिन्न प्रलोभनमा पारि जबरजस्ती करणी गरेको भन्ने मिति २०८२।०९।२४ गते इलाका प्रहरी कार्यालय भजनी, कैलालीमा दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।