अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-२६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०९।२६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ ओपेरा होटल नजिक, ऐ.१० जिमुवा र पुनर्वास न.पा.११ काठेपुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७७,४५०।– बराबरको सुर्ति, बिडी, बिभिन्न किसिमका टर्च लाईट, तरकारी, च्याउ, माछा, जुत्ता, कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।