अबैध लागूऔषध (चरेश) सहित मानिस नियन्त्रणमा
२०८२-०९-२६
- A
- A-
- A+
अछाम:- मिति २०८२।०९।२५ गते १६:४५ बजेको समयमा लागूऔषध चरेशको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले जिल्ला अछाम, साँफेबगर न.पा.३ टोटासाल वडा कार्यालय नजिक त्रिपालको टेन्ट हाली भेडाभाख्रा चराउन बसेका जिल्ला बाजुरा, हिमाली गा.पा.२ बस्ने बर्ष ३६ की कमला कार्कीको शरिर खानतलासी गर्दा निजको साथबाट ९९.८९ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।