प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-२६

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२५ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. जवरजस्ती करणी मुद्दामा २ बर्ष २२ दिन कैद सजाय र रु.२०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष ३२ को सुरेश चौधरी ।

२. जवरजस्ती करणी मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २३ को रमेश चौधरी ।

सम्बन्धित समाचार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०९-२६

     डोटी:-  मिति २०८२।०९।२५ गते १५:२५ बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.१० बान्डुङग्रीसैन स्थित के.आई. सिंह राजमार्गमा धनगढी बाट दिपायल तर्फ जाँदै गरेको  सु.प.प्र. ०१-०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री  सोही ठाउँ बस्ने बर्ष ६८ की तारा देवी बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको, मोटरसाइकल चालक डोटी दिपायल सिलगढी न.पा.०२ खुल्लेक बस्ने बर्ष २६ को मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष ३६ को राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।      

फरार प्रतिबादी पक्राउ
२०८२-०९-२५

  कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।    १. आत्महत्या दुरुत्साहन मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरीवाना तोकिएको जिल्ला कैलाली, भजनी न.पा.६ बस्ने मनिष कुमार चौधरी ।    २. लागूऔषध खैरो हेरोइन मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ ,ब्लक नं.११ बस्ने पदम राज भण्डारी ।   ३. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बस्ने बिक्रम बहादुर बोहरा ।   ४. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने हरि साउँद ।   ५. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.१ बस्ने शिखा डाँगी ।   ६. लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, बर्दगोरिया गा.पा.१ बस्ने सन्तोष बिश्वकर्मा ।   ७. सवारी ज्यान मुद्दामा ११ महिना १० दिन कैद सजाय र रु.२०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.२ बन्दिपुर बस्ने बर्ष ४२ को बिर्ख बहादुर सुनार ।    बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८२।०१।१६ गतेको फैसलाले लागूऔषध खैरो हेरोइन र गाँजा समेत मुद्दामा ९ दिन कैद तोकिएको जिल्ला बाजुरा, खप्तड छेडेदह गा.पा.५ दोगडी बस्ने बर्ष २७ को दिपक रावतलाई प्रहरी चौकी दोगडी, बाजुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२२४  गते ऐ. दोगडी बजारबाट पक्राउ गरेको ।