ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यू
२०८२-०९-२७
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८२।०९।२६ गते १८:३० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.९ कुयापानी स्थित जोगबुढा दैजि सडक खण्डमा जोगबुढाबाट गाईबाधे तर्फ गइरहेको से २ त १४७४ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट आउदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.१२ पन्तुरा बस्ने बर्ष २७ को नबिन साउद र मोटरसाइकल पछाडी सवार सोही बस्ने बर्ष ३५ को मान जाग्री गम्भिर घाईते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा दुवै जनालाई मृत घोषणा गरेको, ट्याक्टर चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.९ सतघाट बस्ने बर्ष ३२ को शुरेस भट्ट फरार रहेकोले खोजतलास भईरहेको छ ।