वेवारिसे काठ बरामद
२०८२-०९-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।२६ गते १९:४० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, भजनी न.पा.९ पहलवान नजिकै कान्द्रा नदीको छेउबाट साल जातको गोलिया थान-९ (५८.६ क्युफिट) अन्दाजी मुल्य रु.७२,५७६।- बराबरको काठ इलाका प्रहरी कार्यालय भजनी, कैलाली समेतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरि सब डिबिजन बन कार्यालय पचमोडीया, कैलालीको जिम्मा लगाएको ।