अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-२८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०९।२७ गते १३:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ गल्ली नम्बर ५ स्थित अंकुश गुप्ताले संचालन गरेको ए.जी. मोवाइल कियर सेन्टरमा अवैध भन्सार छलिको समान छ भन्ने गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा उक्त पसलबाट अन्दाजी मूल्य रु.४,३९,८००।–बराबरको मोवाइल डिस्प्ले, ग्लास, एयरफोन, एयरपोट, डाटा केवल, हेड फोन, चार्जर, मोवाइल स्टेण्ड, ट्याव, साउण्ड बक्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको ।
यसैगरी, मिति २०८२।०९।२७ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,०००।–बराबरको माछा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रकिया पुरा गरि स्थानिय जन प्रतिनिधिको रोहभरमा नष्ट गरेको ।