त्रिभुवन बिश्वबिद्यालय होलोग्राम सहित मानिस नियन्त्रणमा
२०८२-०९-२८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०९।२७ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजार स्थित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ४२ को बाबुराम रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट Tribhuwan university Kathmandu त्रिभुवन बिश्वबिद्यालय काठमाण्डौँ, नेपाल संगठित बि.स.२०१२, स्थापित वि.स.२०१६ लेखेको त्रिभुवन बिश्व बिद्यालयको ४५,००० (पैचालिस हजार) थान होलोग्राम जस्तो देखिने समान सहित फेलापारी निजलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।