अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।२८ गते १५:४५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ स्थित रहेको चितवन होटेलमा कोठा गरी बसेको जिल्ला बझाङ, सुर्मा गा.पा.२ बस्ने बर्ष ५० को जलहरी बोहरालाई चेकजाँच गर्दा निजको साथबाट ५ के.जी. ५७६ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०९।२७ गते २१:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बिशालनगर घर भई हाल ऐ.८ बुद्धचोक स्थित भाडामा गणेश राईस मिल सञ्चालन गरी बस्ने बर्ष २५ की लक्ष्मी चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र लागूऔषध नापतौल गर्ने डिजिटल काँटा समेत फेला पारी उक्त पदार्थ र काँटा सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।