फरार प्रतिबादी पक्राउ
२०८२-०९-२९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ भुरुवा बस्ने प्रकाश बि.क.लाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले कुटपिट मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.८ तिलाचौर बस्ने बर्ष २५ को हरिश दमाईलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७१।०८।०४ गतेको फैसलाले लागूऔषध (चरेस) मुद्दामा ११ महिना २६ दिन कैद सजाय र रु.८०,०००।– (असी हजार) जरिवाना तोकिएको जिल्ला बझाङ, थलरा गा.पा.०३ बस्ने वर्ष ३९ को गोकर्ण बहादुर सिंहलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२८ गते ऐ.जयपृथ्वी न.पा.१० चैनपुर बजारबाट पक्राउ गरेको ।