अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।३० गते १५:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं १ बसन्त टोल स्थित ऐ.ऐ. बस्ने वर्ष १८ को कृष्ण चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०९।३० गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा. ८ बुढीयाघाट स्थित जि.कैलाली गोदावरी न.पा. १ विजयानगर बस्ने बर्ष २२ को पारस पार्की, ऐ.ऐ. बस्ने बर्ष अ. २८ को केशव कुञ्जेडा र ऐ.ऐ. बस्ने बर्ष २५ को रोहित कामीलाई शंका लागी चेकजाँच गर्दा पारस पार्किको साथबाट ८१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई प्रहरी चौकी पचुई,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।