फरार प्रतिबादी पक्राउ
२०८२-१०-०१
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।११।२१ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ४ दिन कैद तथा रु. २०००।– ( दुई हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर बेलडाँडी गाँउपालिका वडा नं १ झरनासागर बस्ने बर्ष ३० को मनोज सिंह कुवरलाई इलाका प्रहरी कार्यालय बेलडाँडी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।३० गते पक्राउ गरेको ।