प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका माछा नियन्त्रणमा

२०८२-१०-०३

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८२।१०।०२ गते १२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.०२ गोकुलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०००।–बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई स्थानिय तथा जन प्रतिनिधिको रोहभरमा नष्ट गरेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०१

      कैलाली:- मिति २०८२।०९।३० गते १५:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं १ बसन्त टोल स्थित ऐ.ऐ. बस्ने वर्ष १८ को कृष्ण चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।          कञ्चनपुर:- मिति २०८२।०९।३० गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा. ८ बुढीयाघाट स्थित जि.कैलाली गोदावरी न.पा. १ विजयानगर बस्ने बर्ष २२ को पारस पार्की, ऐ.ऐ. बस्ने बर्ष अ. २८ को केशव कुञ्जेडा र ऐ.ऐ. बस्ने बर्ष २५ को रोहित कामीलाई शंका लागी चेकजाँच गर्दा पारस पार्किको साथबाट ८१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई प्रहरी चौकी पचुई,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।