प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-०८

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।१०।०६ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगर व्यारेल नजिकबाट ऐ.७ बस्ने बर्ष २८ को फुलचन राना र ऐ.१६ बस्ने बर्ष २० को विवेक रानालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, साथै पक्राउ परेका दुई जना मध्ये फुलचन राना सम्मानित जिल्ला अदालत कैलालीबाट लागूऔषध मुद्दामा २ महिना २६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादि समेत रहेको खुल्न आएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी, मिति २०८२।१०।०६ गते २३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ शहिदगेटबाट सोही ठाउँ बस्ने बर्ष २१ को सन्दिप अधिकारी समेत दुई जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट Pregabalin ट्यापलेट थान-१४ र एन्टिकप ट्यापलेट थान-६  प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित दुवै जनालाई अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

    कञ्चनपुर:-  मिति २०८२।१०।०६  गते १३:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.८ जनप्रिय सामुदायिक वन भित्र वसि रहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २४ को रोहित खत्री र ऐ.९ बस्ने बर्ष २९ को शेर बहादुर ठकुरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ५९०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

    यसैगरी,  मिति २०८२।१०।०६  गते १४:४० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ मछलिपुल नजिकबाट ऐ.५ गजरौला बस्ने वर्ष ३० को कमल किशोर भट्टलाई चेकजाँच गर्दा निजको साथबाट ४०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-०६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लिपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बोइलर कुखुरा शनिबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी स्थानिय, जनप्रतिनिधिको रहोवरमा नष्ट गरेको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,५००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ति, दाल, सरप, चक्लेट, सेतो समेन्ट, फ्रिज थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

फरार प्रतिबादी पक्राउ
२०८३-०८-०५

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा.४ बस्ने वर्ष २२ को खेमराज जैशीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।      बझाङ :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७८।०९।१३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएको बुंगल न.पा.४ बस्ने वर्ष ५३ को राम बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट बिजगडा, बझाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो ऐ. बिजगडा बजारबाट पक्राउ गरेको छ ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०१।११ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा न.पा.११ कलुवापुर बस्ने वर्ष २७ को हरिश भट्टलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो  सोही न.पा.५ खजुवाबाट पक्राउ गरेको छ ।