फरार प्रतिवादी पक्राउ
२०८०-०१-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८०।०१।०८ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७८।७।१२ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १२ दिन कैद र रु.१०,०००।- जरिवाना भई फरार रहेको प्रतिबादी जिल्ला कैलाली धनगढी उप-महानगर पालीका १७ बस्ने बर्ष २४ को सुरेश चौधरीलाई निजको घरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागी सम्मानित कैलाली जिल्ला आदालतमा दाखिला गरेको ।
कञ्चनपुर:- मिति २०८०।०१।०८ गते जिल्ला प्रहरी कार्यालय कंञ्चनपुरवाट खटिएको प्रहरी टोलीले सम्मानित कञ्चनपुर जिल्ला अदालतबाट मिति २०७७।०९।०७ गतेका फैसलाले १ महिना ९ दिन कैद सजाय तोकी फरार रहेका ला.औ.मुद्धाका प्रतिबादी सुरेश रानालाई ऐ.ऐ.४ बाट पक्राउ गरी सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको ।