लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-०९
- A
- A-
- A+
मिति २०८०/०१/०८ ईलाका प्रहरी कार्यलय झलारीबाट खटिएको प्रहरी टोलीले जि. कंञ्चनपुर शुक्लाफाटा नगरपालिका वडा न.५ बनसमिति स्थित पुर्ब पश्चिम राजमार्गमा शंकास्पद रुपमा पैदल हिडि रहेका जिल्ला कञ्चनपुर शुक्लाफाटा नगरपालिका ५ बनसमिति बस्ने बर्ष १८ को शुनिल बोहोरा, जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका २ बस्ने बर्ष १९ को बसन्त जोशि, भारत बरेलि कान्द्रापुर बस्ने बर्ष २३ को हनमोल गुप्ता र ऐ. चनहिटिग्राम बस्ने बर्ष २२ को रुपेन्द्र मौरीया समेतलाई रोकि चेकजाँच गर्दा निजहरुले बोकेको कालो रङको झोला भित्र २ kg ००४ gram लागु औषध (चरेस) र नगद रु. २८,५००।- (अठ्ठाईस हजार पाँच सय) नेपाली रुपैँया समेत फेलापारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको ।